बाइडेनलाई रोक्न खोज्नु ट्रम्पको गल्ती थियो : पेन्स


२२ माघ २०७८, शनिबार
Mike pence ReJjNuvIOs

काठमाडौं । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले जो बाइडेनको जितलाई रोक्न खोज्नु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको गल्ती भएको बताएका छन् ।

पेन्सले ट्रम्पलाई आफूले नतिजा उल्ट्याउन सक्छु भन्ने लाग्नु नै भूल भएको उल्लेख गरेका छन् । त्यस्तै रिपब्लिकन पार्टीले आफ्ना दुई सांसदलाई क्यापिटल हिलमा भएको आक्रमणबारे सेन्सर लगाउने निणर्य गरेको छ । गत वर्षको जनवरी ६ मा अमेरिकाको क्यापिटल हिलमा बाइडेनको जितलाई अनुमोदन गर्न बैठक बसिरहेको अवस्थामा आक्रमण भएको थियो । यो आक्रमणमा ४ जनाका साथै एक प्रहरी अधिकारीको पनि मृत्यु भएको थियो ।

पेन्सका अनुसार ट्रम्पलाई मानिसहरुले उपराष्ट्रपतिले यो निर्वाचनको नतिजा उल्ट्याउन सक्छन् भन्ने गलत सुझाव दिइएको उल्लेख गरे । क्यापिटल हिलमा भएको आक्रमणपछि ट्रम्पले एक कमिटी बनाई उपराष्ट्रपति पेन्समाथि अनुसन्धानको आदेश दिएका थिए तर उनले क्यापिटल हिलमा भएको आक्रमणबारे अनुसन्धानको आदेश भने दिएनन् ।

‘राष्ट्रपति गलत थिए । मलाई निर्वाचनको नतिजा उल्ट्याउने कुनै अधिकार थिएन । राष्ट्रपति पद अमेरिकी जनता र केवल अमेरिकी जनताको हो’, पेन्सले भने, ‘साथै कमला ह्यारिस (वर्तमान उपराष्ट्रपति) लाई पनि सन् २०२० मा हामीले उनीहरुलाई हराएपछि निर्वाचनको नतिजा उल्ट्याउने अधिकार छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७