अपहरणपछि हत्याका आरोपी ११ वर्षपछि पक्राउ


२२ माघ २०७८, शनिबार
pakrau
फाइल फोटो

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगञ्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाइ हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले झण्डै ११ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरी नेपालगञ्ज ल्याउँदै गरेको बताए । २०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पुर्‍याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धन बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए । तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले बताए ।

उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो । हत्यामा संलग्नमध्ये दुई जना जेल मुक्त भइसकेका छन् । पक्राउ परेका शौभाग्य मल्लको मुद्दा भने मुलतवीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७