भीम रावलको स्पष्टिकरण : म रक्षामन्त्री हुँदा एमसीसी सम्झौता गरिएको होइन

‘यो कुप्रचार एमसीसीका राष्ट्रघाती प्रावधानहरू अनुमोदन गराउने षड्यन्त्र हो’


२२ माघ २०७८, शनिबार
Bhim rawal

काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी सम्झौता आफू रक्षामन्त्री हुँदा स्वीकृत गरिएको आरोप लागेपछि नेकपा एमालेका नेता भीम रावलले खण्डन गरेका छन् ।

एक सञ्चारमाध्यमले रावल रक्षामन्त्री भएकै बेला एमसीसीमा अमेरिकी कानुन लागू हुने सम्झौता भएको दाबी गर्दै समाचार लेखेपछि रावलले त्यसको खण्डन गरेका हुन् । उनले उक्त ‘कुप्रचार’ एमसीसीका राष्ट्रघाती प्रावधान अनुमोदन गराउने षड्यन्त्र भएको आरोप पनि लगाएका छन् ।

‘उत्तर- यो कुप्रचार एमसीसीका राष्ट्रघाती प्रावधानहरूलाई अनुमोदन गराउने षड्यन्त्र हो । यसमा उल्लिखित सम्झौतालाई कार्यदलको प्रतिवेदनमा विरोध गरेका छौं । म रक्षा मन्त्रालयमा छँदा स्वीकृत गरिएको होइन’, रावलले खण्डन गरेका छन्, ‘मन्त्रिपरिषदबाट सहमति दिइएको मलाई जानकारी छैन । कसैले छलेर गरेको भए पनि मान्य हुन सक्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७