हुन्डाईले देशका ४० स्थानमा विस्तार गर्‍यो चार्जिङ स्टेशन


२२ माघ २०७८, शनिबार
evgo charging station

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टर कन्टिनेन्टलले इलेक्ट्रिक सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गर्ने भएको हो ।

हुन्डाईको इलेक्ट्रिक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दूरीको यात्रा पनि इलेक्ट्रिकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आएको हो । नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको यथेस्ट उपलब्धता भएता पनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिकरुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो ।

1
2

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेशनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेशन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टर कन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमाबाइल उत्पादकमध्ये हो । कम्पनीले उत्कृष्ट क्वालिटीको भेहिकल बनाउदै विश्वका करौडौं ग्राहकहरुको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७