२९ वर्षपछि यूएईमा पक्राउ परे मुम्बई विष्फोटका प्रमुख योजनाकार


२२ माघ २०७८, शनिबार
mumbai blast 1DtLgFWXw2

काठमाडौं । सन् १९९३ मा भएको मुम्बई विष्फोटका प्रमुख योजनाकार अबु बकर अब्दुल गफूर शेख यूएईमा पक्राउ परेका छन् ।
भारतीय सुरक्षा एजेन्सीहरुको सहयोगमा झण्डै तीन दशकपछि बकर पक्राउ परेका हुन् । अबु बकर दाउद इब्राहिमको निकट सहयोगी मानिन्छन् । सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा २५७ जनाको मृत्यु भएको थियो भने ७१३ जना मानिसहरु घाइते भएका थिए ।

अबु बकर यसअघि पनि सन् २०१९ मा पनि पक्राउ परेका थिए । यद्यपि उनी आफ्नो केही कागजात देखाएर हिरासतबाट छुटेका थिए । इण्डिया टुडेका अनुसार अब छिटै नै अबु बकरलाई भारत सुपुर्दगी गर्ने तयारी गरिएको छ ।

पछिल्लो २९ वर्षमा अबु बकर भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका थिए । उनलाई सन् १९९७ मा उनलाई पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो । उनी पाकिस्तान र यूएईमा बस्दै आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७