आयोगद्वारा स्थानीय तह निर्वाचनको मतपत्र डिजाइनका लागि दरखास्त आह्वान


२२ माघ २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा स्थानीय चुनाव गर्ने प्रतिबद्धता जनाएसँगै आयोगले तयारी अघि बढाएको हो । आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न, निर्वाचन शिक्षा र सामग्रीका लागि विज्ञहरूको सूची तयार गर्न लागेको छ ।

आयोगले चुनावलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो ।

निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन आयोगको कार्यालय वा आयोगको इमेलमा दर्ता गर्न सकिने भनिएको छ । निवेदनको ढाँचा आयोगको मतदाता नामावली तथा निर्वाचन संकलन शाखा वा वेबसाइटबाट प्राप्त गर्न सकिने बताएको छ ।

मान्यता प्राप्त गरेका विश्वविद्यालयबाट चित्रकला र ग्राफिक डिजाइनमा कम्तिमा स्नातक तह उत्तिणर् गरेको, दृष्टान्त चित्र र ग्राफिक डिजाइन सम्बन्धी कम्तिमा दुई वर्षको अनुभव भएको, रेखा चित्र तथा रङ्गिन चित्र तयार गर्ने सम्बन्धी दक्षता भएको र नेपाली टाइप गर्नसक्ने र मुद्रण तथा प्रि प्रेस सम्बन्धी जानकारी भएकाले आवदेन दिन सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७