डम्बर अवस्थी हत्या प्रकरण : थप दुई शिक्षक पक्राउ


२२ माघ २०७८, शनिबार
271348790 2273444249486789 3496454573766958305 n 1 1

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

गाउँको एक विद्यालयका शिक्षक समेत रहेका रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । अदालतबाट म्याद थपेर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्काले बताए । यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरू दुवै जनाले हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गएको मंसिर १५ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जङ्गलमा पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।

हरिशले देखाएको स्थानका आधारमा डम्बरको शव, गाडेको अवस्थामा फेला गरेको हो । त्यसअघि हरिशले विप्लव कार्यकर्ताले अपहरण गरेको नाटक समेत गरेका थिए । मृतक डम्बर विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७