हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट


२२ माघ २०७८, शनिबार
itta bhaktapur
फाइल फोटो

सिरहा । बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोड भन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ । इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् ।

सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरूपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।

संघका कोषाध्यक्ष रामसगुन यादवले पनि पकाउनका लागि तयारी अवस्थामा राखिएका सबै काँचो इँटामा गलेको जानकारी दिए । उनका अनुसार हरेक उद्योगका पाँच देखि १५ लाख वटासम्म इँटा गलेर नष्ट भएका छन् । उनले आफ्नै उद्योगमा समेत आठ लाखभन्दा बढी इँटा काम नलाग्ने गरी गलेको सुनाए ।

हिउँदे वर्षाले सबैभन्दा धेरै गोलबाजर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । उद्योगबाट निस्कदा एउटा ईटालाई कतिर तीन रुपैयाँ पर्ने व्यसायीहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७