नर्वेकी जोहाङले जितिन् शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण


२२ माघ २०७८, शनिबार
joh norwar 2CEZ0vROpZ

बेइजिङ । चीनको बेइजिङमा जारी विन्टर ओलम्पिकको पहिलो स्वर्ण नर्वेकी थिरेसी जोहाङले जितेकी छिन् । उनले महिला १५ किलोमिटर क्रस कन्ट्री स्कीथलनमा पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जितेकी हुन् ।

1000

उनले यसअघि १० पटक विश्व च्याम्पियनसिपको उपाधि जिति सके पनि ओलम्पिकमा भने यो उनको पहिलो स्वर्ण पदक हो । उनले ४४ मिनेट १३.७ मिनेटमा दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । रसियाकी नाटालिया नेप्रियाभा दोस्रो स्थानमा रहिन् । उनी ३०.२ सेकेन्डले पछि परेकी थिइन् । अष्ट्रियाकी टिरेसा स्टाब्दलोबरले तेस्रो स्थानमा रहँदै कास्य पदक जितिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७