कोरोनाबाट थप नौं जनाको मृत्यु, १,७१४ संक्रमित थपिए


२२ माघ २०७८, शनिबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप नौं जनाको मृत्यु भएको छ । १,७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५,२२५ नमुनाको पीसीआर परीक्षण गर्दा १,१०३ र ३,२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् । जसमध्ये २५१ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा छन् । देशभर आज ५ लाख ८८ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७