देउवाले बोलाए कांग्रेस कार्य सम्पादनको बैठक


२२ माघ २०७८, शनिबार
deuwa

काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन् । कार्यसम्पादन समितिको बैठक माघ २७ गते दिउँसो २ बजे अर्थात् आगामी बिहीबार केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र पार्टीको बाँकी रहेका जिल्ला अधिवेशनको विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । १४ औं महाधिवेशनपछि गठित कार्यसम्पादनको पहिलो बैठक बस्न लागेको हो ।

विधानअनुसार कार्यसम्पादन ४७ सदस्यीय हुन्छ । तर, हाल सो समिति ३७ सदस्यीयमात्रै छ । कार्यसम्पादनको पदेन सदस्य हुने केन्द्रीय समितिका कोषाध्यक्ष र प्रवक्ता नियुक्त भएका छैनन् । त्यसबाहेक १३ पदाधिकारी कार्यसम्पादनको पदेन सदस्य छन् । सभापति देउवाले कार्यसम्पादनमा २४ जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका छन् । हाल केन्द्रीय समिति १४७ सदस्यीय छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७