चन्द्रागिरिको हिउँमा मृत भेटिए युवक


२३ माघ २०७८, आईतवार
death

काठमाडौं । काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा एक युवक मृत भेटिएका छन् । प्रहरीका अनुसार शनिबार प्रज्वल पोखरेल नाम गरेका युवकको शव फेला परेको हो ।

गत शुक्रबारदेखि हराइरहेका उनको खोजीका लागि प्रहरीमा उजुरी परेपछि खोज्ने क्रममा चन्द्रागिरिमा शव भेटिएको हो । पोखरेल चार्टर्ड एकाउन्टेन्ट भएको प्रहरीले जनाएको छ । उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार हिँउमा गाडिएको अवस्थामा भेटिएका मृतकको शरीरको माथिल्लो भाग नाङ्गै छ । मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७