वनकरियालाई न घर, न लालपुर्जा


२३ माघ २०७८, आईतवार
bankariya

काठमाडौं । लोपोन्मुख वनकरिया समुदाय पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जअन्तर्गतका वनमा बसेको डेढ दशक बित्यो । मुख्य वासस्थान मनहरी-४ हाँडीखोलास्थित मुसेधापको कबुलियती वनमा छ । तत्कालीन जिल्ला वन कार्यालयको अनुमतिमा २० वर्ष बस्न अनुमति पाए । तर, उक्त समयावधि आउन लागे पनि स्थायी बसोबासको टुंगो छैन । बसेको स्थान छाड्न निकुञ्जले दबाब दिन थालेको छ ।

कबुलियती वनलाई निकुञ्जले आफ्नो मध्यवर्ती क्षेत्रभित्र समेटेपछि समस्या आएको उनीहरू बताउँछन् । ‘हामीले यही जमिनको लालपुर्जा मागेका छौं । निकुञ्जले भने यहाँबाट अन्यत्र जानु भनिरहेको छ’, कान्छीमाया वनकरिया भन्छिन् । लालपुर्जा पाउन प्रयास गरे पनि आश्वासनमै सीमित रहेको कान्छीमाया बताउँछिन् ।

उनीहरू २०६४ सालदेखि मुसेधापमा बस्दै आएका हुन् । उनीहरूले पक्की घर र लालपुर्जाका लागि विभिन्न सरकारी निकाय धाइसकेका छन् । सरकारले फिरन्ते जीवनयापन छाडेर एकै ठाउँ बस्न थालेपछि पक्की घर बनाइदिने आश्वासन दिएको थियो । तर, यसमा सरकारी मापदण्ड नै बाधक देखिएको छ । जग्गा आफ्नो हुनुपर्ने जनता आवास कार्यक्रमको मापदण्ड छ ।

सहरी विकास मन्त्रालयले २०७१ असार दोस्रो साता यो कार्यक्रम ल्याएको थियो । बनकरियालाई प्रतिघर २ लाख ४ हजार रुपैयाँ छुट्ट्याइएको पनि थियो । त्यसयता लगातार दुई आर्थिक वर्षको बजेटमा सरकारले बजेट छुट्ट्याएको हो । तर, लालपुर्जा नहुँदा बजेट फ्रिज भएको मनहरी-४ का अध्यक्ष ध्रुव खड्का बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७