देशभर एकै दिन १२ जना मृत भेटिए


२३ माघ २०७८, आईतवार
death

काठमाडौं । शनिबार एकै दिन देशभर १२ जना मृत फेला परेका छन् । काठमाडौँमा दुईसहित देशभर १२ जना मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीस्थित खुम्बिला होटल नजिक सडक पेटीमा नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन् । यसैगरी काठमाडौँ गोकणर्ेश्वर नगरपालिका-२ सुन्दरीजल नजिक अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

त्यसैगरी गोरखाको गोरखा नगरपालिका-४ फिनाम पन्थीस्वारा बस्ने ६० वर्षीया ठुली खन खवास घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । बैतडीको दशरथचन्द नगरपालिका-२ सौरेनिगडा बस्ने ४५ वर्षीय मान सिंह रावत पनि घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनी नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुन् । रावत बिहीबार राति कार्यालयबाट घर फर्केदेखि बेपत्ता थिए ।

त्यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन । झापाको शिबसताक्षी नगरपालिका-१० माइखोला पुलमा पनि अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ ।

त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ५६ वर्षीय होमप्रसाद राई घर नजिकै बाटोमा मृत अवस्थामा फेला परेका छन् । गत बुधबार जडिबुटि खोज्न भनि आफ्नै घरदेखि जंगलतर्फ हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यसैगरी तेह्रथुमको छथर गाउँपालिका ३ बासमेरी निवासी ६४ वर्षीया फूलमाया सार्की घर नजिकै सामुदायीक जंगलम मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बिहान फाक्चामारा जान्छु भनी हिँडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । संखुवासभाको पाचँखपन नगरपालिका-६ स्थित तिलबारीडाँडा जंगलमा पनि अन्दाजी ६५ वर्षीया महिलाको शव फेला परेको छ ।

त्यस्तै सल्यानको शारदा नगरपालिका-८ मालडाँडा बस्ने ७३ वर्षीय तेज बहादुर कवर घर नजिकै मृत फेला परेका छन् । गत माघ १६ गते घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको परिवारका सदस्यहरुले बताएका छन् ।

लमजुङको वेसीशहर नगरपालिका-११ ओडार बस्ने ४६ वर्षीय टेकनिधी तिवारी आफ्नै घर नजिक नालामा मृत अवस्थामा फेला परेका छन् । सप्तरीको सप्तकोशी नगरपालिका-१ पारोहाङगमा निर्माणाधिन घरमा अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । मृत्युका यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७