पेरुमा पर्यटक बोकेको विमान दुर्घटना, सात जनाको मृत्यु


२३ माघ २०७८, आईतवार
1046612 4282707 Peru Plane Crash updates IM0nPDISZO

काठमाडौं । पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पर्यटकलाई नाज्का लाइनहरू देखाउनको लागि उडेको बिमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।

नाज्का लाइन विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । सो क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ । दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७