मधेस सरकारमा एकीकृत समाजवादीबाट राज्यमन्त्री थपिए


२३ माघ २०७८, आईतवार
received 6195760731791021644125225

धनुषा । मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट एक राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् ।

उनलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ खुवाए । उनी रौतहटका हुन् ।

यसअघि, गएको मंसिर ५ गते नेकपा (एकीकृत समाजवादी)बाट उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७