६० विद्यालयलाई १० लाखका दरले अनुदान, सबैभन्दा बढी रोल्पालाई


२३ माघ २०७८, आईतवार
srot

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ ।

अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १५० विद्यालयले निवेदन दिएका थिए । तीमध्ये ६० विद्यालय छनोटमा परेका हुन् । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले सूचना जारी गरी अनुदान पाउने १ देखि ५ सम्म कक्षा सञ्चालन गरिरहेका विद्यालयको नाम सार्वजनिक गरेको हो । अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पाका सबैभन्दा बढी ११ विद्यालय छन् । केन्द्रले विद्यालयले पाउने रकम वित्तीय अनुदानअन्तर्गत सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिसकेको जनाएको छ ।

अनुदान प्राप्त गर्ने विद्यालयहरूमा रोल्पापछि सबैभन्दा बढी बैतडीका ९ विद्यालय छन् । त्यस्तै डोटीका ७, सर्लाहीका ६, प्युठानका ५, महोत्तरीका ४, सुनसरीका ३, हुम्लाका ३, बझाङ, कैलाली, दार्चुला र रुकुम पश्चिमका २-२, जुम्ला र उदयपुरका १-१ विद्यालय छन् ।
उक्त रकम आर्थिक वर्ष ०७८/७९ को फागुन मसान्तभित्रै माग गर्न र सम्बन्धित गाउँ र नगरपालिकाले उक्त कार्यक्रमका लागि सम्बन्धित विद्यालयसँग ‘वार्षिक एकमुस्ट अनुदानबाट विद्यालय सञ्चालन गर्ने कार्यविधि २०७६’ बमोजिम करार सम्झौता गरेर निकासा गर्नुपर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७