चार वर्षे संसद्ले दियो चारै सरकार, को–को बने प्रधानमन्त्री ?


२९ आश्विन २०७४, आईतवार
Nepal lesilature member 10 1
काठमाडौं  : ४ असोज २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित भएको संविधानसभा (रुपान्तरिक व्यवस्थापिका–संसद्  अन्त्य भएकाे छ । व्यवस्थापिका–संसद्को यो चार वर्षे अवधिमा मुलुकले नयाँ संविधान मात्र पाएन, चारवटा सरकारसमेत पायो । संसद् गठन भएपछि पहिलोपटक तत्कालीन कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बनेका थिए । उनकै पालामा मुलुकमा नयाँ संविधान जारी भयो ।
Nepal lesilature member 10 1

संविधान घोषणापछि संविधानमा भएको व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो । निर्वाचनमा कांग्रेसबाट सभापति कोइराला र एमालेबाट पार्टी अध्यक्ष केपी ओलीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा ओलीले कोइरालालाई उछिने र पहिलोपटक प्रधानमन्त्री बने ।

तर, नौ महिना पुग्दा नपुग्दै आफैँले समर्थन गरेको सरकारबाट बाहिरिँदै माओवादी केन्द्रले कांग्रेससँग मिलेर ओलीसरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरायो । प्रस्तावमाथि भएको छलफलमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरे ।

संविधान जारी हुँदा असन्तुष्ट देखिएको दक्षिणको छिमेकी भारतले लगाएको नाकाबन्दीका समयमा प्रधानमन्त्री बनेका ओलीका पालामा उत्तरको छिमेकी चीनसँग दीर्घकालीन महत्वका केही सम्झौताहरू भए ।

ओलीको राजीनामापछि कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बने । उनको नेतृत्वमा संविधान कार्यान्वयनको अर्को चरण सुरु भयो । पहिलोपटक बनेका स्थानीय तहको पहिलो चरण निर्वाचन सम्पन्न भयो ।

दोस्रो चरण निर्वाचनको मिति घोषणा भइसके पनि कांग्रेससँगको सहमतिअनुसार प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

प्रचण्डपछि माओवादी केन्द्रकै समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । उनी अहिले पनि प्रधानमन्त्री छन् । उनले स्थानीय तहको घोषित दोस्रो र तेस्रो चरणको निर्वाचन सम्पन्न गर्यो । यसैगरी, आगामी १० र २१ मंसिरका लागि घोषणा गरिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने अभिभारा पूरा गर्दैछ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७