चार दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध


२३ माघ २०७८, आईतवार

हुम्ला । हिमपातको कारण हुम्लाको हवाई सेवा अवरुद्ध भएको छ । गएको बिहीबार र शुक्रबार भएको हिमपातको कारण सिमकोट विमानस्थलमा बाक्लो हिउँ जमेको छ ।

मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ । साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प भएको हो ।

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए । सामान्य अवस्थामा सिमकोट विमानस्थलबाट दैनिक १५ वटासम्म उडान हुने गरेको छ । रासस

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७