सिटिजन्स बैंकद्वारा कल सेन्टर संचालन, अब बैंकिङ्ग समस्या फोनबाटै समाधान हुने


२३ माघ २०७८, आईतवार
IMG20220206150524 scaled

काठमाडौं, २३ माघ । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सर्पोट सेन्टर सेवा संचालनमा ल्याएको छ । बैंकले आइतबार ९माघ २३ गते०देखि कल सेन्टर संचालनमा ल्याएको हो ।

योसँगैं अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् । ग्राहकहरूले ५९७००६८ नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी कल सेन्टरको सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकको अनुसार हालका लागी यो सेवा आठ घण्टा संचालन हुने र विस्तारै सेवाको समयावधि पनि थप्दै लगिने छ । देशभरी रहेका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसँग थप नजिक हुन सहज हुने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७