अनि बुझे हुन्छ, देश गम्भीर संकटउन्मुख छ : रविन्द्र मिश्र


२४ माघ २०७८, सोमबार
rabindra mishra

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देशका प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीले ‘सहसचिवस्तरमा झरेर विदेशीलाई पत्र लेखेको’ टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी संसदबाट अनुमोदन गर्छौं भनेर संयुक्त रूपमा अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएपछि यतिबेला नेपालको राजनीति तरङ्गित बनेको छ ।

यस विषयमा सरकार तथा विशेष गरी नेकपा माओवादी केन्द्रको कडा आलोचना भइरहेको छ । यसै क्रममा विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । ‘अनि बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ’ शीर्षकमा अध्यक्ष मिश्र लेख्छन् :

-जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्,

-बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन्,

-कोही भूतपूर्व प्रधानमन्त्री ‘होली वाइन’ मा नुहाउँछन्

-कोही जातीयता र क्षेत्रीयताको नारा चर्काउँछन्

-तिनकै पछाडि निहीत स्वार्थले देशका धेरै बुद्धिजीवी, व्यापारी, र गलत बुझाइले बहुसंख्यक नागरिक दौडिन्छन्

-देशका सबै भनेजसो सार्वजनिक संस्थाहरू अशास्य (unruly) भएर जान्छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७