मुख्यमन्त्री कार्यालय अगाडि अनेरास्ववियु र प्रहरीबीच झडप


२४ माघ २०७८, सोमबार
student police clash

बुटवल । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ । पेट्रोलियम पदार्थको मुल्य वृद्धि र स्थानीय तहको निर्वाचन तत्काल तोक्नुपर्ने मागसहित अनेरास्ववियुले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको थियो ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा ५ जना कार्यकर्ता घाइते भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले जानकारी दिएका छन् ।

झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ घाइते भएको पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७