मन्त्रिपरिषद् बैठक : राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त


२४ माघ २०७८, सोमबार
barkhasta

काठमाडौं । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचै जना पदाधिकारीलाई मन्त्रिपरिषदको आज (सोमबार) को बैठकले बर्खास्त गरेको हो ।

एक मन्त्रीका अनुसार वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर उनीहरुलाई बर्खास्त गरिएको हो । बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा.सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७