गृहले देशभरका सीमास्तम्भहरूको अवस्थासहितको प्रोफाइल बनाउने


२४ माघ २०७८, सोमबार
sima kanchanpur cf8I5QP1o9

काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै सीमास्तम्भहरूको वर्तमान अवस्थासहितको प्रोफाइल तयार पार्ने भएको छ । सोमबार गृह प्रशासन सुधार कार्ययोजना २०७८ सार्वजनिक गर्दै मन्त्रालयले उक्त योजनाबारे जानकारी गराएको हो ।

उक्त प्रोफाइलमा नेपालको भारत र चीनसँगको सीमाना छुट्याउने सीमास्तम्भको संख्या र विवरण उल्लेख हुनेछ । तयार पारिएको प्रोफाइल डिजिटल प्रणालीमा पनि अध्यावधिक गरिने बताइएको छ ।

उक्त कार्य गृह मन्त्रालयअन्तर्गतको सुरक्षा समन्वय महाशाखाले गर्नेछ । यसका लागि महाशाखालाई आगामी दुई वर्षको समयसीमा तोकिएको छ । महाशाखाले देशभरका सबै सीमास्तम्भसहितको डिजिटल प्रोफाइल तयार पारेर गृहमन्त्री समक्ष प्रस्तुत गर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७