निर्वाचन आयोगले थाल्यो चुनावको तयारी : माग्यो गाडी, भवनलगायतको विवरण

निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन कार्य स्थगित


२४ माघ २०७८, सोमबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निणर्य गरेपछि निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचनका आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरेको छ ।

स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनका लागि करिब दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न आवश्यक साम्रागीको विवरण माघ मसान्तभित्र अनिवार्य रूपमा आयोगमा उपलब्ध अनुरोध आयोगले अनुरोध गरेको छ ।

त्यस्तै आयोगले मंगलबारबाट मतदाता नामावली संकलन कार्य पनि स्थगित गर्ने भएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहले माघ मसान्तभित्र आवश्यक विवरण आयोगमा पठाउन भनेको हो ।

मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक/एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ ।
आयोगको विज्ञप्ति

Capture 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७