स्थानीय तह निर्वाचन : कति छन् मतदाता ?


२४ माघ २०७८, सोमबार
1637583318Matdata Namawali Darta Banke

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति आजको मन्त्रिपरिषद वैठकबाट तोकिसकेको छ । २०७९ वैशाख ३० गतेका लागि निर्वाचन मिति तोकिएसँगै भोलिबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गरेको छ ।

आयोगले हालसम्म देशभर एक करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको जनाएको छ । निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक तथ्यांक हो । आयोगले देशभरका कार्यालयहरूबाट मतदाता नामावलीको यथेष्ट विवरण आयोगको कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको थियो । पछिल्लो समय करिब १५ लाख मतदाता थपिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । मतदाता नामावलीमा नाम संकलन भएका व्यक्तिले मात्रै मतदान गर्न पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७