कस्तो रहला आजको मौसम ?


२५ माघ २०७८, मंगलवार
kathamandu upatiyaka scaled

काठमाडौं । वागमती प्रदेशसहित देशका धेरै स्थानमा आज (मंगलबार) मौसममा बदली हुने मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश-१, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश-१ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश-१, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

पूर्वी तथा पश्चिमी भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । तराई भू-भागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

उच्च पहाड र हिमाली भेगमा केहीदिनको लगातारको हिमपात र अन्य क्षेत्रमा वर्षापछि तीन दिनदेखि मौसम सामान्यतया सफा रहे पनि चिसो भने उल्लेख्य मात्रामा घटेको छैन । यद्यपि, अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् निराजन सापकोटा बताउँछन् ।

‘अब बदली कम हुने र घाम लाग्दै जाँदा क्रमशः दिन तात्दै जान्छ’, मौसमविद् सापकोटाले भने, ‘न्यूनतम तापक्रम केही दिन तल रहे पनि अधिकतम तापक्रम बढ्दै जाँदा दिन तात्दै जान्छ ।’ उनका अनुसार बिहानको समयमा दिन तापक्रम न्यून भए पनि दिउँसो घाम लागेपछि उच्चतम तापक्रम भने बढ्दै जान्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७