हिउँ खेल्न गएका बारपाकका दुई किशोर पाँच दिनदेखि बेपत्ता


२५ माघ २०७८, मंगलवार

गोरखा । गोरखाको बारपाकका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हिउँ खेल्न भनेर गएका बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र वडा नम्बर-२ का १६ वर्षीय साइँला घले पाँच दिनदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

गएको बिहीबार उनीहरु हिउँ खेल्न भन्दै धार्चे गाउँपालिका-४ लाप्राकतर्फ गएका परिवारका सदस्यहरुले बताएका छन् । बेपत्ता किशोरहरुलाई अभिभावकले आफैले खोज्दा नभेटेपछि प्रहरीलाई खबर गरिएको स्थानीय जितबहादुर घलेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७