एमाले सत्ता गठबन्धनसँग एक्लै चुनाव लड्न समक्ष छ : सचिव विश्वकर्मा


२५ माघ २०७८, मंगलवार
chabilal bishwokarma1637742137 8VV5aJTiBk

रुपन्देही । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न समक्ष रहेको बताएका छन् ।
एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताएका हुन् ।

एमाले तिलोत्तमा नगर कमिटीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शङ्करनगरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा सचिव विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र रहेको दाबी गरे। उनले अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको उनको भनाई थियो ।

नेता विश्वकर्माले एमसीसीबारे दोहोरो कुरा गरेर सत्तारूढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकातिर एमसीसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसीसीविरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७