सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र संघ


२५ माघ २०७८, मंगलवार
SYRIA PRISON BOYS 3 Qz6MPVi69m

काठमाडौं । सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइ दिन पनि अपिल गरेको छ । यूनिसेफका प्रतिनिधिले हालै बालबालिकालाई राखिएका कारागारको भ्रमण गरी उनीहरुको अवस्थाबारे संयुक्त राष्ट्रसङ्घलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७