ढोरपाटनमा हिउँले कठ्याङ्ग्रिएर मर्न थाले मृग


२५ माघ २०७८, मंगलवार
mriga

काठमाडौं । नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग) को मृत्यु मरेको छ ।
शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो । ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ ।

उद्धार गरेर उपचार गर्ने क्रममा मृग मरेको ढोरपाटन शिकार आरक्ष केन्द्रका रेन्जर सुपुष्प रेग्मीले जानकारी दिए । हिउँमा फसेको अवस्थामा कुकुरले मृग फेला परेको थियो । एक वर्षको मृत मृग खाडलमा पुरिएको छ ।

शिकार आरक्षको बुकी क्षेत्रमा बाक्लो हिउँ पर्ने हुँदा माथिल्लो क्षेत्रमा रहने जङ्गली जनावर जाडो छल्न ढोरपाटन उपत्यकामा झर्छन् । तल्लो क्षेत्रमा झरेको बेला बाक्लो हिउँ पर्दा जङ्गली जनावर चिसोका कारण मर्ने गरेका छन् । लामो समय हिउँ नपग्लिएपछि कतिपय जनावर भोकको कारण पनि मर्छन् ।

अत्यधिक हिमपात र चिसोले ढोरपाटन क्षेत्रको जनजीवन प्रभावित बनेको छ । शिकार आरक्ष जाने बुर्तिवाङ-ढोरपाटन शिकार आरक्ष केन्द्र सडकखण्डको सुप्राङबाट ढोरपाटन उपत्यकासम्मको खण्ड पूणर्रूपले अवरुद्ध बनेको छ । यातायात सञ्चालन पूणर् अवरुद्ध भएको रेन्जर रेग्मीको भनाइ छ। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७