घर आउँदैछु भनेका राजेन्द्रको जब मृत्युको खबर आयो…


२५ माघ २०७८, मंगलवार
21 Shares
death

कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका-१२ दुवाहाका २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडकमा भएको दुर्घटनामा मृत्यु भएको छ ।

नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेशियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । ‘काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु । केही सामानसमेत खरिद गरेको छु भनेर मलेशियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो’, मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, ‘फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उनले बताए । मृतकको शव नेपाल ल्याउनका लागि मलेशिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले बताए । रासस

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७