विदेशी पर्यटकलाई अब अस्ट्रेलिया खुला


२५ माघ २०७८, मंगलवार
australia 20210501071140

काठमाडौं । अस्ट्रेलियाले विदेशबाट आउने पर्यटकका लागि सीमा नाका फेरि खुला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशी पर्यटकलाई प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकलाई प्रवेश निषेध थियो । अस्ट्रेलियाले अब प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो। अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको देशमा पर्छ ।

‘झण्डै दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निणर्य भएको हो’, प्रधानमन्त्री मोरिसनले भने । राष्ट्रिय सुरक्षासम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेशाज्ञा पाएकाहरूलाई अष्ट्रेलिया आउन दिने निणर्य भएको जानकारी दिए । ‘यदि तपाईंहरू कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईंलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्छौं’, उनले भने ।

प्रधानमन्त्री मोरिसनले कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले सान् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरू आउन नदिने निणर्य गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७