प्रधानमन्त्रीको सञ्चारविज्ञमा यम विरही नियुक्त


२५ माघ २०७८, मंगलवार
yam SAS5z8lnSP

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्चारविज्ञमा यम विरही नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले पत्रकार विरहीलाई प्रधानमन्त्रीको सञ्चारविज्ञ नियुक्त गरेको हो ।

देउवाले सचिवालय विस्तारको क्रममा विरहीलाई सञ्चार विज्ञमा नियुक्त गरेका हुन् । बागलुङ घर भएका पत्रकार विरहीले लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् । उनी बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७