बँदेलको आक्रमणबाट जङ्गलमा बाख्रा चराइरहेका किशोरको मृत्यु


२५ माघ २०७८, मंगलवार
badel
फाइल फोटो

बाजुरा । बँदेलको आक्रमणबाट बैतडी बुढीनन्दा नगरपालिका-३ चोलुका एक किशोरको मृत्यु भएको छ । आक्रमणबाट स्थानीय १५ वर्षीय सुकिन्द विष्टको मृत्यु भएको हो ।

सोमबार दिउँसो गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायिक वनबाट आएको बँदेलले आक्रमण गर्दा विष्टको मृत्यु भएको वडाध्यक्ष रामबहादुर बोहोराले जानकारी दिए । वनमा बाख्रा चराईरहेका बेला एक्कासी जंगलबाट निस्केको बँदेलले आक्रमण गर्दा घाइते भएका विष्टलाई उपचारका लागि कोल्टी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए । बँदेलले टाउकोमा चिर्थादा विष्ट घाईते भएको आफन्तले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७