फेशन उद्योगको चिहान घर : मरुभूमिबीचमा प्रयोगविहीन लुगाको पहाड किन ?


२५ माघ २०७८, मंगलवार
fashion industry graveyard 1231644288033

काठमाडौं । चिलीमा एटकमा मरुभूमिको उत्तरतर्फको क्षेत्रलाई पृथ्वीकै सबैभन्दा सुख्खा ठाउँ मानिन्छ जुन यतिबेला फेशन उद्योगको चिहान घर बनेको छ । त्यहाँ युरोप, अमेरिका, एसिया लगायत दुनियाँभरबाट प्रयोग गरिसकेपछि खेर फालिएका कपडाहरु अवैध रुपमा थुपारिएको छ । यसबारे गुनासो गर्दै चिलीका वातावरण मन्त्रीले आफूहरु विश्वको ‘डस्टबिन’ नभएको भनि आपत्ति जनाइसकेका छन् ।

विशेष गरी राजधानी सेन्टिएगोबाट १८,०० किलोमिटर उत्तरतर्फ रहेको अल्टो हस्पिसिओ शहर यसबाट सबैभन्दा बढी प्रभावित भइरहेको छ । त्यहाँ हरेक वर्ष ६० हजार टन प्रयोग भइसकेका पुराना लुगाहरु विदेशबाट भित्र्याइन्छ । तर ती मध्ये आधा बढी अवैध ल्यान्डफिलमा मरुभूमिको बीचौंबीच लगेर फालिन्छ । यसरी अल्टो होस्पिसिओ विश्वकै सबैभन्दा ठूलो ल्यान्डफिल बनेको छ । यसमा मेयर पेट्रिको फेरिआराले बाहिरबाट आउने त्यसरी प्रयोग भइसकेका लुगामा १५ प्रतिशत मात्र विक्री हुने गरेको र बाँकी ८५ प्रतिशत चाहिँ फोहोरको थुप्रो बनेर जाने बताएका हुन् ।

ती कपडाका फोहोरलाई पूणर् रुपमा विनाश गर्न मात्र २०० वर्षसम्म लाग्न सक्ने बताइएको छ । विगतमा सबैतिर कटनको कपडा प्रयोग हुने गर्दथ्यो तर अहिले पोलिस्टर नै दुनियाँभर व्याप्त बनेको छ । त्यसैले सिन्थेटिक पोलिस्टरलाई कुहिन कटनको भन्दा धेरै वर्ष लाग्ने गर्दछ । यहीकारण यसले मरुभूमीको जैविक वातावरणलाई नराम्ररी प्रभाव पार्ने जोखिमप नि हुन्छ । त्यस्तै नजिकै बसोबास गरिरहेका सयौँ मानिसहरुको स्वास्थ्यमा पनि यसले प्रभाव पार्न सक्छ ।

यस्ता लुगाहरु कहिले उत्पादन भएका हुन् र कहिलेसम्म कुहिन्छन् भन्ने कुनै मिति नदिइएको हुँदा यसको एक मात्र समाधान भनेको तिनलाई जलाउनु हुन्छ । तर त्यसरी जलाउँदा उत्पन्न हुनेद रसायनयुक्त धुँवाको प्रदुषणले वातावरणमा गम्भीर असर पुर्याउँछ । त्यस्तै मानिसहरुको स्वास्थ्यमा पनि त्यो खराब धुँवा, ग्यासहरुबाट प्रत्यक्ष असर पर्दछ । प्रयोग भइसकेका कपडा ठूलो रुपमा आयात हुनुका पछाडि छिटो छिटो लुगा फेर्ने फेशन ट्रेन्ड जिम्मेवार छ । जसको समाधान सजिलो छैन । किनकी मानिसहरुका अनगिन्ती व्यक्तिगत छनोटलाई एकिकृत गर्न लगभग असम्भव छ ।

त्यसैले पनि यस्ता वस्तु आयात गर्दा राम्रो गुणस्तरका मात्र चयन गर्नुपर्ने मेयर पेट्रिकोले बताए । त्यस्तै यिनलाई विक्री गर्ने मुलुकहरु पनि वातावरणीय असरबारे सचेत रहनुपर्ने उनको भनाइ छ ।

चिलीको एउटा नयाँ कानुनले टेक्सटायल फोहोरका लागि आयातकर्ताहरुलाई जिम्मेवार ठहर्याएको छ । तर यो संकटको समाधान होइन । किनकी मरुभूमीमा लगेर अवैध रुपमा कपडा जन्य फोहोर फाल्ने क्रम रोक्न र आयात नियन्त्रण गर्न चिली सरकारसँग पर्याप्त श्रोतसाधन छैन । त्यसैले यता समाधानबारे दिमाग खियाउँदै गर्दा उता मरुभूमीको बीचौँबीच कपडाको पहाड ठडिसकेको छ ।

मेयर पेट्रिकोले यसमा चिलीलाई मात्र होइन कसैलाई पनि फोहोरमा बस्न मन नलाग्ने र सबै मिलेर फोहोर थुपारिरहेको जमिन पनि यही पृथ्वीको हिस्सा भएकाले यसलाई रोक्नु सबैको जिम्मेवारी भएको बताए । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७