सरकारको निर्वाचनको निणर्य संविधानको मर्म अनुरूप : गगन थापा


२५ माघ २०७८, मंगलवार
GaganThapa 1

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निणर्य उपयुक्त भएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले सरकारको निणर्य संविधानको मर्मअनुरूप भएको पनि बताएका छन् । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको भन्दै निर्वाचन टार्ने गरी भएका अनेकन बहस पनि अब सकिएको उल्लेख गरेका छन् । संविधान र लोकतन्त्रको मर्मविपरीत हिँड्ने छुट कसैलाई नहुनेमा उनले जोड दिएका छन् ।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निणर्य उपयुक्त छ, संविधानको मर्मअनुरूप छ । स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ । अनि, निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्’, उनले लेखेका छन्, ‘सबैले सदैव हेक्का राख्नु पर्दछ- संविधान र लोकतन्त्रको मर्मविपरीत हिंड्ने छुट कसैलाई छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७