स्थानीय तहका प्रतिनिधि आन्दोलित, प्रदेश–१ का कानूनमन्त्री थमथमाउँदै


५ चैत्र २०७४, सोमबार
pradesh 1

बिराटनगर, ५ चैत : प्रदेश नम्बर–१ का गाउँपालिका तथा नगरपालिकाका वडा सदस्यहरूले सेवा सुविधा पाउनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन शुरु गरेका छन् ।pradesh 1

गाउँको विकासका लागि चुनिएका जनप्रतिनिधि नै आन्दोलनमा उत्रिएपछि सर्वसाधरणको काम कार्वाही समेत प्रभावित भएको छ । नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षले एकलौटीलाई ढङ्गले काम गरेको भन्दै वडा सदस्यहरुले विरोधका कार्यक्रम शुरु गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष तथा वडा अध्यक्षहरुले आफूहरुलाई कुनै निर्णय प्रक्रियामा सहभागी नगराएको, महिनाभर आफूले काम गरेको भए पनि सेवा सुविधा नदिएको जस्ता माग गर्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । बुढीगंगा गाउँपालिकाकी महिला सदस्य मिना विश्वासले पूर्वाधार निर्माणको विषयमा आफूलाई जिम्मा दिएको भए पनि काम गर्ने बेलामा वडा अध्यक्ष र सचिवले जानकारी नै नदिइ गर्ने गरेको बताइन् ।

डा सदस्यहरुलाई महिनाको १ पटक बोलाएर ३ वटा बैठकको निर्णयमा हस्ताक्षर गर्न लगाइएको कटहरी गाउँपालिकाका वडा सदस्य शंकर महतोको भनाइ छ । सरकारले जनप्रतिनिधिलाई तलब सुविधा दिने निर्णय कि खारेज गर्नुपर्ने, दिने भए सदस्यहरुलाई पनि दिइनुपर्ने उनीहरुको माग छ । वडा सदस्यहरुलाई निस्क्रिय बनाएर वडा अध्यक्ष र सचिवले मनोमानी गरिरहेको आरोप ग्रामथान गाउँपालिका मोरङका वडा सदस्य दिलबहादुर तामाङको छ । १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले वडा सदस्यहरुलाई आन्दोलनमा नजान आग्रह गरेका छन् । उनले कानून निर्माणका क्रममा वडा सदस्यहरुको गुनासोलाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७