विप्लव नेतृत्वको नेकपाको जुम्ला कमिटी माओवादी केन्द्रमा ‘समाहित’


२५ माघ २०७८, मंगलवार
thumb 4

जुकाठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा पुरानै पार्टी नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । मंगलबार खुमलटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिरुवालगायतका नेता-कार्यकर्तालाई स्वागत गरेका हुन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार इञ्चार्ज तिरुवासहित नेकपाको जुम्ला कमिटी नै माओवादी केन्द्रमा समाहित भएको छ । शान्ति प्रक्रिया र चुनावी प्रक्रियामा समेत सहभागी भइसकेपछि २०६९ असार ४ मा पार्टीका वरिष्ठ नेता मोहन वैद्य युद्धकालीन ठूलो समूहसहित बाहिरिएका थिए ।

सोही बेला विप्लव निकट मानिने तिरुवाले पनि पार्टी छाडेका थिए । पछि वैद्य नेतृत्वको पार्टी फुटेपछि भने तिरुवा चन्द नेतृत्वको नेकपामा गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७