भारतमा थपिए कोरोनाका ६७ हजार नयाँ संक्रमित


२५ माघ २०७८, मंगलवार
korona india 1

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ६७ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा कोरोना संक्रमणको कारण १,१८८ जनाको मृत्यु भएको छ ।

भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण फैलिएको तेस्रो लहरपछि निरन्तर नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ । यद्यपि अहिले पनि संक्रमणको कारण मृत्यु हुनेको संख्या भने अझै पनि चिन्ताको विषय बनेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ८० हजार मानिसहरु संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख ९४ हजारमा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७