विभाजनको घाउहरु बिर्सदै माओवादीहरु एक हुनुको विकल्प छैन : प्रचण्ड

‘तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ’


२५ माघ २०७८, मंगलवार
273609698 475662523924149 2780332603935452165 n ZuKNcPZdXa

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुने बताएका छन् ।

आज (मंगलबार) बिहान ललितपुरको खुमलटारमा रहेको आफ्नै निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायत सिङ्गो जिल्ला कमिटीलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले तत्कालीन कार्यनीति पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताएका हुन् ।

उनले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको पनि बताएका छन् । उनल विभाजनका घाउहरु बिर्सदै माओवादीहरु एक हुनुपर्ने बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली नागरिकको भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक भएको उनको भनाइ छ ।

यस्तै, उनले देशभित्र र देश बाहिरका प्रतिक्रियावादीले माओवादीलाई सखाप पार्न सकिन्छ भनेर लागि परेको पनि आरोप लगाए । उनले माओवादी छाडेकाहरुलाई फर्किन पनि आग्रह गरेका छन् । उनले प्रतिक्रियावादीहरुले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको समेत आरोप लगाए । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा दोहोरो भूमिका खेलेको भन्दै अहिले प्रचण्डको आलोचना भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७