कोरोनाबाट वीपी प्रतिष्ठानमा एक महिलाको मृत्यु


२५ माघ २०७८, मंगलवार
bp kovid

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार ताप्लेजुङ्गको याङवरकी ६५ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको हो । माघ २३ गते कोरोना संक्रमण पुष्टि भएकी महिला सोही दिन अस्पताल भर्ना भएकी थिइन् । ती महिलाले कोरोनाविरुद्धको एक डोज पनि खोप नलगाएको पाइएको डा. पोखरेलको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७