सोमालियामा भोकमरीका कारण दुई लाख ७१ हजार मानिस विस्थापित


२५ माघ २०७८, मंगलवार
merlin 155036538 90dfc2a0 22c4 4f92 bb73 4a9ff50d23bb superJumbo

काठमाडौं । सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको छ ।

यहाँ अघिल्लो महिनामा ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ । भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ ह्जार मानिस आफ्नो घर छोडेरै हिंडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । यो जनसंख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७