नेपालको सीमामा चीनले ‘स्थायी नहर’ बनाउन खोजेको खुलासा


२५ माघ २०७८, मंगलवार
China Nepal 20220208072918

काठमाडौं । चीनले नेपालको सीमा अतिक्रमणको प्रयास गरेको खुलेको छ । नेपाल सरकारको गोप्य प्रतिवेदनले यस्तो खुलासा गरेको हो । नेपाल सरकारको गोप्य प्रतिवेदनअनुसार चीन सरकारले हुम्ला जिल्लास्थित दुई देशको सीमामा पर्ने नेपाली भूमिमा ‘स्थायी नहर’ बनाउन लागेको छ ।

नेपाल सरकारले पहिलो पटक आधिकारिकरुपमा चीनले नेपाली भूमिमाथि अतिक्रमण प्रयास गरेको दाबी गरेको हो । मध्य पश्चिमाञ्चलको सो क्षेत्रमा चीनले अतिक्रमण गरेको दाबी गरेपछि सरकारले गएको सेप्टेम्बरमा सो प्रतिवेदन तयार पारेको बीबीसी न्युजले जनाएको छ ।

हुम्लाको किट खोला क्षेत्रमा चीनले दिर्घकालिन रुपमा नहर बनाउने र सो क्षेत्रलाई नियन्त्रण गर्ने भएकाले सो क्षेत्रको संरक्षणका लागि कुटनैतिक समाधान आवश्यक रहेको समेत सो प्रतिवेदनमा उल्लेख रहेको बीबीसीमा समाचार छ ।

सो रिपोर्ट भने हालसम्म नेपाल सरकारले सार्वजनिक गरेको छैन । यद्यपि, काठमाडौस्थित चिनियाँ दूतावासले चीनले नेपालको भूमि अतिक्रमण नगरेको दाबी गरेको बताइएको छ । यता नेपाल सरकारले पछिल्लो समय चीनसँग दुई पक्षीय सम्बन्धलाई थप सुधार बनाइरहेको छ ।

नेपाल र चीनको सीमा क्षेत्र करिब १४ किलोमिटरसम्म फैलिएको छ । दुई देशबीच सन् १९६० को शुरुवातमा सीमासम्बन्धी सन्धी भएको थियो । सो सन्धीअनुसार दुई देशबीचको सीमा क्षेत्रको बाँडफाड भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७