कमल थापाले राप्रपाबाट दिए राजीनामा


२५ माघ २०७८, मंगलवार
Kamal Thapa 4

हेटौंडा । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका छन् । गृह जिल्ला मकवानपुर पुगेर उनले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

थापा निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसको पुष्टि गरेका छन् । पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७