सभापति देउवा बिनै बस्दै कांग्रेस पदाधिकारी बैठक


२५ माघ २०७८, मंगलवार
sanepa congress

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दैछ । सभापति एवम् प्रधानमन्त्री देउवा भने बैठकमा सहभागी नहुने बताइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो बस्न लागेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको हो । सभापति देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवा आजको पदाधिकारी बैठकमा भने उपस्थित हुने छैनन् । कार्य सम्पादनको एजेण्डा तय गर्न उपसभापति पूणर्बहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्न लागेको हो ।

‘आज दिउँसो पदाधिकारी बैठक छ । सभापतिजी चै कार्यव्यस्तताले गर्दा बैठकमा नबस्ने भन्ने सुनेको छु । कार्यसम्पादनको एजेण्डाबारे छलफल गर्छौ’, एक पदाधिकारीले नेपाल भने । कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका छलफल हुने जनाइएको छ । बैठकमा समसामायिक राजनीतिक विषयअन्तर्गत स्थानीय तहको निर्वाचनबारे छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७