विमान दुर्घटनाका २३ बंगलादेशी नागरिकको शव ढाका पठाइँदै


५ चैत्र २०७४, सोमबार
Plan crash bangaldesh body

काठमाडौं, ४ चैत्र । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस–बांग्ला विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट ढाका पठाइने भएको छ । Plan crash bangaldesh body

नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाण्डूस्थित बांग्लादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए । दूतावासका कन्सुलर अल अलेमुल इमामले भने, ‘पहिचान गरिएका २३ जना बांग्लादेशी नागरिकको शव एउटा विशेष उडानबाट आज अपरान्ह ढाका पठाउँदैछौँ ।’

शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशी सेनाको न्यूज एजेन्सी आइएसपीआरका सहायक निर्देशक रेजाउल करिमल भनेका छन्, ‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ बजे बंगलादेश आर्मी स्टडियममा राखिने छ । त्यहाँ प्रधानमन्त्रीको उपस्थिति रहनेछ ।’ उनले श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।Plan crash body
यूएस बंगला एयरलाइन्सको बीएस२११ बिमानमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ ।

पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताए ।
दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १० जना बांग्लादेशी यात्रुमध्ये थप उपचारका लागि ८ जनालाई ढाका र दुईजनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले बताए। नेपाल प्रहरीका प्रवक्ता मनोज न्यापानेको अनुसार तीनजना बांग्लादेशी यात्रुको शव पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७