मार्क जुकरबर्ग ‘टपटेन’ धनाढ्य सूचीबाट बाहिरिए, भारतका मुकेश अम्बानी भित्रिए


२५ माघ २०७८, मंगलवार
mark zuerberg mukesh ambani

काठमाडौं । फेसबुक संस्थापक मार्क जुकरबर्ग संसारका सबै भन्दा धनीहरुको १० सर्वाधिक फोर्ब्स सूचीबाट बाहिरिएका छन् ।
फेसबुकको माउ कम्पनी मेटाको स्टक बजारमा गिरावटसँगै उनी १० बाट बाहिरिएर १३ औं स्थानमा झरेका छन् । फोर्ब्सले जुकरवर्गको सम्पत्तिमा कमी आएर ८०.३ बिलियन डलर कायम भएको जनाएको छ । यसै साता फेसबुकका सक्रिय प्रयोगकर्ता घटेको सूचना सार्वजनिक भएसँगै मेटाको स्टक बजारमा गिरावट आएको थियो ।

दोस्रो सर्वाधिक धनी अमेजन मालिक जेफ बेजोस पनि तेस्रो स्थानमा झरेका छन् । बर्नाड आर्नल्ट र उनको परिवार धनीको दोस्रो सूचीमा प्रवेश गरेको छ । बिल गेट्स चौंथो, ल्यारी पेज पाँचौ, वारेन बफेट छैटौं, सर्जी ब्रिन सातौं, ल्यारी एलिसन आठौं, स्टिभ बाल्मर नवौं र मुकेश अम्बानी दशौं स्थानमा छन् । मुकेशको सम्पत्ति ९०.३ बिलियन डलर रहेको जनाइको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७