माघ २६ को संसद बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी


२५ माघ २०७८, मंगलवार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं । भोलि (माघ २६ गते) बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन । संसद सचिवालयले आज जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समावेश नगरेको हो ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको प्रतिवेदन पेश गर्नेछन् भने संविधान सभा सदस्य जगतबहादुर ताजपुरीयाको निधनप्रति शोक प्रस्ताव पेश हुनेछ । अहिलेको सर्वाधिक चर्चाको विषय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी भने संसद बैठकमा पेश गर्ने कार्यसूची छैन ।

एमसीसी मुख्यालयले सो सम्झौता संसदबाट अनुमोदनका लागि यही फेब्रुअरी २८ (फागुन १६) सम्मको डेटलाइन दिएको सार्वजनिक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७