संसद बैठक भोलि, कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे


२५ माघ २०७८, मंगलवार
agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाएका छन् ।
बुधबार बिहान ११ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको हो । संसद बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेको छ ।

यस्तोमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब अमेरिकी परियोजना एमसीसी पास गराउन दबाब दिन सक्ने सम्भावना छ । कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेन्डा तय गर्ने अभ्यास छ । तर एमालेले अडान नछाडेका कारण संसदको अवरोध हट्ने सम्भावना छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७